मङ्लबार, बैशाख १८, २०८१

यी हुन् एमालेका संघीय संसदका ३४ समानुपातिक सदस्य

 काठमाडौं मंसिर २४ ,
नेकपा एमालेले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवारको अन्तिम सूचीको टुङ्गो लगाएको छ । आज बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको हो ।

एमालेको तर्फ बाट प्रतिनिधिसभातर्फ ३४ जनामा सदस्यमा क्रमस देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई र महिलातर्फ नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन ।

त्यस्ते रघुजी पन्त, एकनाथ ढकाल र पिछडिएको क्षेत्रबाट दयालबहादुर शाही रहनुभएको छ । महिलातर्फ मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल, थारू महिलातर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी,ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा तथा महिला दलिततर्फ रुकमणि राणा बराइली र हर्कमाया विश्वकर्मा ,गङ्गाप्रसाद यादव, अमृतराज लालवंशी, महिला मधेसीतर्फ बिनादेवी, अमृतादेवी अग्रहरि र प्रतिक्षा तिवारी मुखिया र सराज अहमद फारकी रहेका छन ।