मङ्लबार, बैशाख २५, २०८१

मौजुदा सत्ता गठबन्धनलाई निरन्तरता दिने शिर्ष नेतृत्वको सहमति [विज्ञप्ति सहित]

काठमाडौं मंसिर १९ ,
आम निर्वाचनको प्रत्यक्ष तर्फको १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिकभएसंगै सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच आज समपन्न बैठकले मौजुदा सत्ता गठबन्धनलाई निरन्तरता दिन सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेतृत्वको बैठकले म्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासंगै मौजुदा सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो ।

त्यस्तै सत्ता गठबन्धनका वावजुद पनि कतिपय स्थानमा देखिएको असझदारीका घटना समयसापेक्ष सम्बोधन गर्दै गठबन्धन प्रति आम मतदाताले देखाएको सदाशयताप्रति आभार व्यक्त गर्दै मौजुदा गठबन्धनलाइ प्रभावकारि रुपमा कार्यान्वयन गर्दै प्रतिगमकारी शक्ति विरुद्ध थप घेराबन्दी गर्दै जाने निति अख्तियार गर्ने बैठकपछि शिर्ष नेतृत्वको हस्ताक्षरमा जारी सयुक्त विज्ञप्तिमा उल्लेख  गरिएको छ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गठबन्धन दलका शिर्ष नेतृत्व काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेर वहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र राजमोका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930