बिहिबार, बैशाख १३, २०८१

महानगरका ३२ जना महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

काठमाडौं मंसिर १९ ,
काठमाडौँ महानगरपालिकाले आज ११ औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा कार्यक्रममा ३२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।

महानगरका ३२ वडा समिति अन्र्तगत सिफारिस भएक प्रत्येक वडाबाट १र१ जना महिला स्वास्थ्य स्वयमसेविकालाई महानगर प्रमुख बालेन्द्र साह , उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सम्मान गर्नुभएको हो ।

समन कार्यक्रममा बोल्दै प्रमुख साह, स्थानीय सरकार नागरिकको आँगनको सरकार हो, नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ, आधारभूत स्वास्थ्य सेवा दिन होस या महामारी नियन्त्रणको अभियान लिएर होस, तपाईँहरु स्वस्थ समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ । तपाईँहरुको यो योगदान आफैमा तारिफयोग्य रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमममा उपप्रमुख सुनिता डंगोलले, समाजका समुदाय समुदायभित्र स्वास्थ्यको पहुँच पु¥याउनमा महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका ठूलो रहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकामा स्वयमसेविकाहरुको व्यवस्थापनका लागि निर्देशिका जारी गर्न कार्यपालिकाबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ । स्वास्थ्य विभागका प्रमुखका अनुसार २०५१ सालबाट महानगरमा सुरु भएको स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थितिलाई निर्देशिकाले व्यवस्थित गर्ने तयारी रहेको छ ।