बिहिबार, चैत्र १५, २०८०

रास्वपाका सभापति लामिछानेको नागरिकता प्रकरण विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता

काठमाडौं मंसिर १९ ,
गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्र्तगत प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा थप नयाँ उजुरी दर्ता भएको छ ।

प्राप्त जानकारी अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेलले आज आयोगमा दर्ता गराएको उजुरीमा नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्नुको अलावा लामिछानेसँग नेपाली नागरिकता नै नभएको भन्दै उनले पार्टीको सभापति र सो दलको साधारण सदस्यता तत्काल खारेज गर्न माग समेत गरेको छ ।

त्यस्तै उजुरीमा मुलुकको मौजुदा कानुनी व्यवस्थाविपरित नेपाली नागरिक नै नभएको लामिछानेको सभापतित्वमा दल दर्ता हुनु आफैमा आश्चर्यको विषय भएको जिकिर गरिएको छ।