मङ्लबार, बैशाख २५, २०८१

समानुपातिकतर्फको १ करोड मत गणना गर्दा कुन दलको अवस्था कस्तो ?

काठमाडौं मंसिर १४,
आम निर्वाचन अन्र्तगत प्रतिनिधिसभाको समानुपातिकतर्फ एक १ करोड २६ हजार मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ । अवको चरणमा आम निर्वाचनमा खसेको ६१ प्रतिशत मत अनुसार लगभग नौ लाख मत गणना हुन बाँकी रहेको छ ।

आयोगले बुधबार बिहान ९ बजे सम्म गणना गरिएको पछिल्लो मतपरिणम अनुसार नेकपा एमालेले २६ लाख ९९ हजार ७१८ मत सहित पहिलो स्थानमा रहेको ट भने २५ लाख ५७ हजार ५९६ मत सहित नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। त्यस्तै पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ४४ हजार ६४ मत प्राप्त गर्दै तेस्रो स्थान पाएको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ३२११ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ७५६ , जनता समाजवादी पार्टीले ३ लाख ९३ हजार ६८२ मत पाउँदै गर्दा जनमत पार्टीले ३ लाख ५४ हजार ३९० मत, नेकपा एकीकृत समाजवादीले २ लाख ८२ हजार ३५१ मत पाएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना सके लगत्तै ११० संसद सदस्यको सिट वाँडफाँड हुँने भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031