मङ्लबार, बैशाख १८, २०८१

स्याङ्जाको मतगणना सम्पन्न गर्न कांग्रेसको आग्रह

काठमाडौं मंसिर ४,
नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको  मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेटेर स्याङ्जा–२   र बाजुराको को मतगणना चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियासंगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले मतगणना चाँडो सुरु गर्न आग्रह गरिएको जानकारी दिदै निर्वाचन अधिकृतले समेत शान्तिपूर्णरुपमा मतदान भएको र निर्वाचनमा कुनै पनि किसिमको धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरु गर्नुपर्ने बताउँदै आयोगले निर्वाचन अधिकृतलाई मतगणना गर्न चाँडो निर्देशन दिने विश्वाससमेत व्यक्त गर्नुभएकोछ ।