बिहिबार, बैशाख १३, २०८१

देशका अधिकांश भू–भागमा घट्दो तापक्रमका कारण बढ्यो चिसो

देशका अधिकांश भू–भागमा घट्दो तापक्रमका कारण बढ्यो चिसो
काठमाडौं मंसिर १३ ,
जल तथा मौसम विज्ञान विभागले पछिल्लो केहि समय यता देशमा लागेकाले चिसोको महसुस बढ्दो रहेको जनाएकोछ ।

त्यस्तै महाशाखाले नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने कुनै संभावना नरहेपनि विन्टर’ सुुरु हुनेक्रममा रहेकाले चिसो बढ्को जनाएको छ।

साथै पछिल्लो समय पहाडी र हिमाली भेगमा आंशिक बदलीको सम्भावना छ, तर वर्षा या हिमपातको कुनै संभावना नरहेको जनाउँदै महाशाखाले काठमाडौँ उपत्यकामा बिहानीपख हल्का हुस्सु/कुहिरो लाग्ने गरेकाले पछिल्ला दिनमा बढी चिसो महशुस हुन थालेको जनाएको छ।

त्यस्तै गरि महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तराई भू–भागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध गरेको छ ।