शुक्रबार, चैत्र १६, २०८०

गठबन्धन दलका शिर्ष नेतृत्ववीच नयाँ सरकार गठन प्रसंगमा विशेष छलफल

काठमाडौं मंसिर १२,
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतृत्ववीच आज विशेष छलफल सहितको भेटवार्ता भएको छ ।

निर्वाचन पछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छुट्टाछुट्टै भेटवार्ताको क्रममा पाँच दलीय गठबन्धनलाई अझै थप बलियो बनाउनको लागि गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने लगायतका विषय अन्य समसामायिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै नेकपा  एमाले ४२ स्थानमा विजयी भएको छ भने एक स्थानमा अग्रता कायम गरेको छ । नेकपा माओवादी केन्द्रले १७, नेकपा एसले १०, जसपा , राप्रपा र रास्वपाले सात÷सात स्थानमा र स्वतन्त्र पाँच, लोसपा चार र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार तीन स्थानमा विजयी भएका छन् ।

गठबन्धन दलका शिर्ष नेतृत्ववीच नयाँ सरकार गठनका लागि विशेष छलफल