मङ्लबार, बैशाख १८, २०८१

शासक होइन जनसेवक भएर काम गर्ने नेता जोशीको संकल्प

आफ्ना प्रतिस्प्रर्धी भन्दा निकै फराकिलो मतान्तरमा नेता जोशीको विजय निश्चित

काठमाडौं मंसिर १,

आसन्न निर्वाचनमा देशैभर नयाँ अनुहारको पक्षमा बहस भइरहँदा काठमाडौं ८ क प्रदेशसभा सदस्यको उम्मेदवार एवम् नेपाली काँग्रेसका नेता राजुराज जोशी सहित वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आफ्नो चुनावी घरदैलौको क्रममा मतदाताको माया बटुलिरहेका छन्। निरन्तर राजनीति र समाजसेवामा सक्रिय युवा नेता जोशीलाइ उम्मेदवारका रूपमा पाउँदा काठमाडौं ८ क प्रदेश अन्र्तगत महानगरका वडा न १३,१९,२०,२३, र २४ का मतदाताले आ-आफ्नो घर आँगनमा भव्य स्वागत गर्दै विजयको शुभकामना दिएका छन ।

लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका नेता जोशीले चुनावी अभियानको क्रममा आफ्ना प्रतिबद्धता राख्नुअघि आम नागरिकको कुरा सुन्ने मात्र नभइ कुनैपनि खोक्रो आश्वासन झुठा प्रतिवद्धता व्यक्त नगर्ने उम्मेदवार भएकै कारण सबै स्थानीय मतदातको रोजाइ बन्न सकेको हो ।

विगतमा यस क्षेत्रबाट निर्वाचित उम्मेदवारले निर्वाचन अघि मतदातालाइ भगवान माने पनि निर्वाचित भएसंगै शासक प्रवृति प्रदर्शन गर्दै गरेका अनेकन तिकडम र कमिशन खोर प्रवृतिबाट आजित स्थानीय मतदाताले यसपटक स्पष्ट, सरल व्यक्तित्वसंगै विकास प्रेमी समाजसेवी र सञ्चारमैत्री उम्मेदवार जोशीलाइ आफ्नो प्रतिनिधि चुन्ने प्राय निश्चित देखिएको छ ।

राजुराज जोशी क्लिक गर्नुहोला  

त्यस्तै चुनावी अभियानकै क्रममा नेता जोशीले वाम लोकतान्त्रिक गठबन्धनलाई अझ कसिलो बनाउँदै काठमाडौं ८ मा नयाँ आयाम कोर्ने र यहाँको शैक्षिक उन्नयन र स्वास्थ्य सेवाका लागि सुविधा सम्पन्न अस्पतालको निर्माण संगै आगामी वर्षको राष्ट्रिय पर्व इन्द्रजात्रा लक्षित हुँदै महानगरको वडा न २३ अन्र्तगत बसन्तपुर परिसरमा रहेको संस्कृत विश्वविद्यायलको जिर्ण भवनको स्थानमा श्री गणेश र श्री भैरवको वास्थानको प्रवन्धको लागि पहलकद्मी लिने प्रतिवद्धा व्यक्त गरेसंगै उहाँको कला, संस्कृति र जात्रा पर्व प्रतिको लगाव आफैमा प्रमाणित हुन्छ । स्थानीय मतदाताको सर्वपक्षिय कल्याण आफ्नो एकमात्र अभिष्टि रहेको बताउँने नेता जोशीले तत्कालीन कोभिड महामारीको समयमा स्थानीय क्षेत्रमा देखाउँनुभएको क्रियाशीलताले जनजनको मनमा बस्न सफल हुनुभएको छ ।

त्यस्तै ताक परे तिवारी नत्र गोतामे चरित्रको धरातल भन्दा माथि रहनुभएका नेता जोशी यहाँका सबै उमेर समूहको मतदातावृतमा लोकप्रिय रहनुभएको छ । साथै उहाँले गठबन्धनका संघीय उम्मेदवार जीवनराम श्रेष्ठ आफु निर्वाचित भएसंगै शुभारम्भ गर्ने कार्ययोजना तत्काल सम्पन्न गर्नुपर्ने अन्र्तगत प्रारम्भिक, मध्य र दिर्धकालीन योजनाको छनौटक गर्दै पार्टीको कोख देखि शोक सम्मको अवधारणालाइ पूर्णता दिन पूर्ण प्रतिवद्ध भएको हामीसंगको भेटमा बताउनुभएको छ।

 साथै घरदैलो तथा मतदाता भेटघाट अन्तिम चरणमा पुग्दा आम स्थानीय मतदाताले देखाएको मायाले आफू थप उत्सासिहत भएको भन्दै सिङ्गो काठमाडौं निर्वाचन क्षेत्र ८को विकास र समृद्धिको लागि गठबन्धन दलको सहकार्यमानै कामकाम गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ।

यसरी चुनावी अभियानका क्रममा नेता जोशीमा देखिएको उनको शालिनताले उहँँप्रति मतदाता थप आकर्षित मात्र भएका छैन पाँच वर्ष पाँच मिनेट पनि विश्राम नगरी साझा प्रतिनिधिका रूपमा शासक होइन जन सेवक भएर काम गर्ने उनको संकल्पले सबै उमेर समूहका मतदाता पुलुकित तदाता पुलुकित भएसंगै  आफ्ना प्रतिस्प्रर्धी भन्दा निकै फराकिलो   मतान्तरमा उहाँको विजय निश्चित देखिएको छ ।