मङ्लबार, चैत्र ६, २०८०

बढ्दो जनलहरसंगै देशभरबाट गठबन्धनका उम्मेदवार विजयी हुने सुनिश्चित : अध्यक्ष प्रचण्ड

 काठमाडौं  मंसिर १ ,
मंसिर ४ गते सम्पन्न हुने आम निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन काठमाडौं उपत्यका लगायत देशैभर चुनावी प्रचार प्रसारको कार्यले निकै तिव्रता पाएको छ।
यसैक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को डाँडापौवामा आज सत्ता गठबन्धको आयोजनामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशव्यापीरुपमा वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर देखिएको बताउँदै मंसिर ४को निर्वाचनले प्रतिगमनलाइ पराजित गर्दै देशभरबाट गठबन्धनका उम्मेदवार विजयी हुने सुनिश्चित भएको दाबी गर्नुभएकोछ ।

त्यस्तै उहाँले मंसिर ४ को निर्वाचन अग्रगमन र प्रतिगमनकारी शक्तिबीचको लडाईं भएको भन्दै अग्रगमन पक्षधर गठबन्धनले निर्वाचन पछि मुलुकको संविधानको रक्षासंगै समृद्धिको मार्ग प्रसस्त गर्ने बताउनुभयो ।

साथै उहाँले सम्बोधनको क्रममा आसन्न निर्वाचनबाट ओली प्रवृतिको प्रतिगमनलाई परास्त गर्नका लागि गठबन्धनलाई जिताउनुपर्नेमा विशेष जोड दिनुभयो ।