बुधबार, बैशाख १२, २०८१

मंसिर ४ गते बिहान ४ बजेदेखि सवारी साधनहरु नचल्‍ने

काठमाडौं मंसिर १,
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्‍य निर्वाचनका दिन विहान ४ देखि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन नचल्‍ने भएको छ ।

जिल्ला प्रशासन काठमाडौंले बुधबार सूचना जारी गर्दै मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान भएपछि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन चलाउन रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान भएपछि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधनहरु बाहेक आन्तरिक रुपमा सबै किसिमका सवारी आवागमनमा रोक लगाइएको जनाउँदै  जारी सूचनाको वर्खिलाप  गरेको पाइए   कानुन बमोजिम कारबाही गरिनेसमेत  जनाएको छ ।