मङ्लबार, बैशाख १८, २०८१

काठमाडौं ८ ‘क’ प्रदेशसभा सदस्यमा नेता जोशीको साख बढ्दो

  काठमाडौं ८ मा एमालेभन्दा गठबन्धन छ हजार सात सय १७ मतले अगाडि

काठमाडौं कार्तिक २५ ,
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन को मिति नजिकिँदै जाँदा उम्मेदवारहरु निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् ।निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस संगै घरदैलो अभियानका कारण पछिल्लो समय काठमाडौँ क्षेत्र नं ८ मा चुनावी चहलपहल निकै बढेको छ । समग्रमा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणामलाइ आधार मानेर काठमाडौँ ८ को निर्वाचनलाइ सुक्ष्म रुपमा नियाल्ने हो भने यस क्षेत्रमा सत्तागठबन्धनका उम्मेदवारको पल्ला भारी रहेको देखिन्छ ।

कुल ५३ हजार एक सय छ मतदाता रहेको काठमाडौं ८ निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा रहेको आठ वडामध्ये कांग्रेसले चार, नेकपा एमालेले दुई, राप्रपाले १ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार एक स्थानमा निर्वाचित भएको थियो ।

त्यस्तै यस निर्वाचन क्षेत्रमा आसन्न निर्वाचनको लागि प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ उम्मेदवार रहेका छन भने क प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका युवा नेता राजुराज जोशी र ख प्रदेशमा नेपाली काँग्रेसकै अमिन पाण्डे उम्मेदवार रहनुभएको छ।

त्यस्तै स्थानीय तहको निवार्चनको मतको परिणाम अनुसार सिङ्गो क्षेत्रन ८ मा एमालेभन्दा कांग्रेस ३ हजार छ सय ४३ मतले अगाडि रहनु र क्षेत्र न ८को आठ वडामा कांग्रेसका वडाध्यक्षले कुल ८ हजार सात सय १६ मत प्राप्त गर्दै गर्दा एकीकृत समाजवादीले ३ हजार ७४ मत र राप्रपाले १ हजार पाँच सय ३९ मत प्राप्त गरेको थियो । यद्यपी यसवीचमा कांग्रेस र एकीकृत समाजवादीले वडामा ११ हजार सात सय ९० मत प्राप्त गरेको अवस्थाको समेत विष्लेषण् गर्ने हो भने क्षेत्र न ८ मा एमालेभन्दा गठबन्धन छ हजार सात सय १७ मतले अगाडि रहेको छ ।

क्षेत्र न. ८ क प्रदेशको विष्लेषण : 

काठमाडौं महानगरको क्रमस वडा न १३, १९, २०, २३ र २४ का कुल ३० हजार ४९ मतदाता रहेको क प्रदेशबाट प्रदेशसभा सदस्यका लागि राजनैतिक दलका तर्फबाट आठ र एक स्वतन्त्र उम्मेदवार एक गरी नौ जना उम्मेदवार रहेका छन । प्रदेशसभा तर्फ आकंक्षी उम्मेदवारको तुलनामा सत्ता गठबन्धको तर्फबाट उम्मेदवार रहेका काँग्रेस नेता राजुराज जोशीको स्थिती अन्य आकंक्षी उम्मेदवारको तुलनामा निकै दरिलो रहेको यहाँको मतदाताहरुको बुझाइ रहेको छ । त्यसोत क प्रदेश अन्र्तगत रहेका ५ वटा वडा मध्ये गत स्थानीय निर्वाचनमा वडा न १९ ,२० र २४ मा नेपाली काँग्रेसका उम्मेदवारले आफ्ना प्रतिस्प्रर्धीलाइ फराकिलो मतान्तरमा पराजित गरेको थियो भने बाँकी २ वडामा झिनो मतान्तरमा नेपाली काँग्रेसले दुइ सिट गुमाए पनि समग्रमा क प्रदेशमा नेपाली काँग्रेसको उपस्थिती निकै सबल रहेको छ ।

नेता जोशीको कर्मक्षेत्र प्रतिको प्रतिवद्धता र योगदान: 

त्यस्तै निर्वाचन क्षेत्र न. ८ को प्रदेशसभा क मा यसअघि प्रदेशसभा सदस्य निर्वाचित एमालेक उम्मेदवारले वितेको ५ वर्षमा निर्वाह गरेको विभिन्न  जनचासोको मुद्धामा ठेकदारी प्रवृतिको कार्यसम्पादन प्रति स्थानीय जनता रुष्ट रहनु र स्वतन्त्र र अन्य दलको तर्फबाट उम्मेदवारी दिएका प्राय सबै उम्मेदवारमा ताक परे तिवारी नत्र गोतामे प्रवृति हावी रहेका कारण नयाँ अनुहार मात्र नभइ अनुभवी र क प्रदेश सभालाइ नगिचबाट बुझेका दक्ष उम्मेदवार भएकै कारण प्रदेशसभाका उम्मेदवार मध्ये काँग्रेस नेता राजुराज जोशीको स्थिती मजवुत रहनुको साथै पछिल्लो समय तमाम मतदाताको रोजाइको उम्मेदवार बन्न सफल भएको देखिएको छ।

साथै नेता जोशीले आफु कुनै लाभको पदमा नरहेपनि आफ्नो चुनावी एजेन्दामा उठान गर्नु भएको शिक्षा क्षेत्रको सर्वाङ्गिण एजेन्दालाइ सार्थकता दिदै आफु उम्मेदवार भएको क्षेत्रमा मात्र नभइ मोफसलम समेत विधालय स्थापनाका लागि गर्नु भएको योगदानलाइ आधार मान्ने हो भने पनि उहाँको कर्मक्षेत्रको प्रतिवद्धता आफैमा प्रमाणित हुन्छ । त्यस्तै प्रदेशसभाका उम्मेदवार नेता जोशीले कोभिड महामारीको समयमा  काठमाडौं महानगर वडा न २० का स्थित   शान्ति निकुञ्ज माविमा   १० शैयाको अक्सिजन, स्टाफ नर्स र स्वास्थ्य उपकरणको समेत व्यवस्था गर्दै आइसोलेसन केन्द्र संचालन गर्दै  देखाएको   क्रियाशीलता आफैमा  तारिफयोग्य रहेको  छ ।    यसरी तमाम स्थानीय मुद्धाको सम्बोधनमा देखाएको जनपक्षिय क्रियाशीलता संगै उहाँको सरल र सहज व्यक्तित्वका कारण समेतले गर्दा यसपटक जोशीको उम्मेदवारी विजय उन्मुख रहेको स्थानीय मतदाताहरुको भनाइ रहेको छ।