शुक्रबार, बैशाख ७, २०८१

अनलाइन सञ्चार माध्यमबाट चुनावी विज्ञापन प्रकाशन–प्रसारण गर्न पाउने

काठमाडौं कार्तिक २४ ,
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन लक्षित हुँदै उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन–प्रसारण गर्न पाउने छ बुँदे निर्णय गरेको छ ।

त्यस्ते आयोगका प्रवक्ता शालीग्राम पौडेलले यसरी चुनावी विज्ञापन प्रकाशन–प्रसारण गर्दा निर्वाचन आचारसंहिता, २०७९ अनुरुप बढीमा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय भएको जानकारी दिनुभएको छ।

साथै राजनीतिक दलले निजी क्षेत्रको अनलाइन सञ्चारमाध्यमबाट रोडब्लक, कन्टेन ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन ९समाचारको बीचमा०को माध्यमबाट निर्वाचन प्रचार–प्रसार गराउन सक्ने निर्णयसंगै आचारसंहिताको खण्ड [क] वा [ख] बमोजिम अनलाइन सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने जनाएके छ।

त्यस्तै अनलाइन सञ्चारमाध्यमबाट गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको मानिने जानकारी संगै अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानूनबमोजिम पेश गर्नुपर्ने निर्वाचन खर्चको विवरणमा समावेश गरी पेश गर्नुपर्ने जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031