मङ्लबार, बैशाख १८, २०८१

दार्चुलामा भाषण गर्दैमा सीमा विवाद समाधान हुँदैन :प्रधानमन्त्री देउवा

काठमाडौं कार्तिक १९,
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुराको भद्रपुरमा शनिवार आयोजित संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै भाषणले सीमा विवाद समाधान हुँदैन, सार्थक कूटनीतिक पहलबाट समस्या समाधान हुने बताउनुभयो ।

त्यस्तै उहाँले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै केपी ओलीजीले दार्चुलामा भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नहुँने बताउनुभयो ।

साथै बिहीवारदेखि गृहजिल्लामा रहेका देउवाले चुनावी सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताउँदै उहाँले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता औल्याउँनुभयो । त्यस्तै डडेल्धुरामा मेडिकल कलेजको स्थापना संगै यहँँ विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन गरिने बताउनुभयो ।