बुधबार, बैशाख १२, २०८१

यस्तो छ जसपाको चुनावी प्रतिबद्धता पत्र (पूर्णपाठ सहित)

काठमाडौं कार्तिक १९,
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लक्षित हुँदै जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने शासकीय स्वरुपको अवधारणासहित ३५ पृष्ठ लामो पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख वा राष्ट्रप्रमुख आफ्नो पार्टीको अवधारण भएको बताउादै “समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरुपमार्फत राजनीतिक स्थायित्व कायम गर्ने बताउनुभयो ।

त्यस्तै पाँच भागमा केन्द्रित जसपाको प्रतिबद्धतापत्रमा राजनीतिक, आर्थिक विकास, सामाजिक रुपान्तरण र औद्योगिकीकरणको विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ । सबै तहको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र संवैधानिक अङ्ग सञ्चालन गर्ने, सङ्घमा दुई सदनात्मक तथा प्रदेश र विशेष संरचना एक सदनात्मक व्यवस्थापिका सभा हुने राज्य व्यवस्था अवलम्बन जसपाको अवधाणा रहेको समेत उहाँले बताउनुभयो ।

त्यस्तै जसपकोप्रतिबद्धतापत्रमा समावेशी लोकतन्त्र, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, अप्पसङ्ख्या एवं पिछडिएका र बहिष्करणमा परेका समुदायको हक अधिकार सुनिश्चित हुने, महिला र फरक क्षमता भएकाहरूको सामाजिक सुरक्षाको सुनिश्चिततालगायत विषयलाई ण्ठान गरिएको छ ।

यस्तो छ जसपाको प्रतिबद्धतपत्रको पूर्णपाठ