सोमवार, बैशाख २४, २०८१

काठमाडौं क्षेत्र न.८ क प्रदेशसभा सदस्यका लागि काँग्रेस नेता जोशीको उम्मेदवारी

काठमाडौं असोज २३ ,
आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचन अन्र्तगत आज भएको उम्मेदवार मनोनयनको क्रममा काठमाडौं निर्वाचन क्षेत्र न. ८ को क प्रदेशसभा सदस्यका लागि काँग्रेस नेता राजुराज जोशीले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ।

काठमाडौं निर्वाचन क्षेत्र न. ८ मा सत्ता गठबन्धनबीच भएको सिट बाँडफाँटको सहमति अनुरुप संघीय उम्मेदवार नेकपा एसलाइ  र प्रदेशसभाको प्रदेश काग्रेसको भागमा परेको हो । काँग्रेस राजनितिमा सक्रिय नेता जोशीले सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता गराउनुभएको काठमाडौं क्षेत्र न ८ को प्रदेशमा काठमाडौं महानगरको वडा न १३,१९, २०,२३ र २४ गरि ५ वडा रहेका छन ।

गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा यी ५ वडा मध्ये वडा न. १९,२० र २४ मा प्रष्ट बहुमत सहित काँग्रेसका उम्मेदवार निर्वाचित भएको थियो भने वडा न १३ र २३ मा झिनो मतान्तरमा काँग्रेसका उम्मेदवार पछि परेको थियो ।

त्यस्तै यस प्रदेशमा यसअघि नेकपा एमालेको तर्फबाट निर्वाचित उम्मेदवार राजेश शाक्य लगायतले उम्मेदवारी दिए पनि नेता जोशीको मुख्य प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवारनै रहेको बुझिएको छ।