सोमवार, बैशाख २४, २०८१

काठमाडौं निर्वाचन क्षेत्र न.८ मा सत्ता गठबन्धनको उम्मेदवारी

काठमाडौं असोज २३ ,
आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुँने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज भएको उम्मेदवार मनोनयनको क्रममा काठमाडौं निर्वाचन क्षेत्र न.८ को प्रतिनिधिसभा तर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र न.८ मा सत्ता गठबन्धनबीच भएको सिट बाँडफाँटको सहमति अनुरुप संघीय उम्मेदवार नेकपा एसलाइ प्रदेशसभाको क र ख प्रदेश काग्रेसको भागमा परेको हो ।

संघीय उम्मेदवार नेकपा एसका नेता श्रेष्ठ २०७४ को निर्वाचनमा तत्कालीन एमालेको तर्फबट यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

त्यस्तै यस निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ क प्रदेशमा काँग्रेस नेता राजुराज जोशी प्रदेशमा नेपाली काँग्रेसकै तर्फबाट अमिन पाण्डेले आज अपरान्ह उम्मेदवारी दर्ता गराउनुभएको हो ।