बिहिबार, बैशाख २७, २०८१

कांग्रेसका महामन्त्रीद्दय थापा र शर्माको उम्मेदवारी दर्ता  

काठमाडौं  असोज २३ ,  

 नेपाली कांग्रेसका महामन्त्रीद्दय  गगन थापा र विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यका लागि  आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको  छ।    महामन्त्री थापाले काठमाडौं ४ बाटै उम्मेदवारी दिनु भएको हो भने  शर्माले   झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नु भएको हो ।

  यसअघि   कांग्रेसका महामन्त्री थापा सर्लाही ४ बाट प्रतिनिधि सभाको चुनाव लड्ने चर्चाले राजनैतिक वृत गर्माएपनि  अन्तत  निरन्तर विजयी भएको क्षेत्र काठमाडौं ४ मै  सत्ता गठबन्धनका  उम्मेदवार बनेका हुन् ।

काठमाडौं ४ मा गगनको  प्रतिस्पर्धीका रुपमा  यसअघिको  निर्वाचनमा  तीन हजार बढी मतले गगनसंग पराजित  भएका  नेकपा  एमालेका  डा .भट्टराईले उम्मेदवारी दिएका छन्

त्यस्तै झापा क्षेत्र नं १ बाट  सत्ता गठबन्धनका  उम्मेदवार  बन्नु भएका अर्का काँग्रेस महामन्त्री  शर्माको उम्मेदवारीको  प्रस्तावकमा   झापा कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे र समर्थकमा क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकी रहेका छन् भने  उहाँको प्रतिस्पर्धी उम्मेदवारएमाले झापा जिल्ला इन्चार्ज अग्नि खरेल रहेका  छन ।