बिहिबार, बैशाख २७, २०८१

देशभर मनोनयन भएका उम्मेदवारको अन्तिम सूची आजै प्रकाशन हुने, सोमवार दावी विरोध

काठमाडौ असोज २३ ,
मंसिर ४ गते हुने निर्वाचनका लागि आज प्रत्यक्षतर्फको उमेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले यसअघि तय गरेको निर्वाचन कार्यतालिका अनुसार आज साँझ ७ बजे भित्र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै असोज २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने र अपराह्न ३ देखि २५ गते साँझ ५ बजेसम्म यसवीचमा दर्ता हुन आएको मनोनयपत्रको उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका रहेको छ।

त्यस्तै असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम रहेको छ भने त्यस उपरान्त उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गतेनै अपराह्न ४ देखि साँझ ७ बजेसम्मको समय सिमा निर्धारण गरिएको छ। साथै मतदान भने आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।