मङ्लबार, बैशाख २५, २०८१

निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा प्रम देउवासहितका दलीय नेताहरुको हस्ताक्षर

काठमाडौं असोज ९,

निर्वाचन आयोगले आसन्न संघ र प्रदेश सभा निर्वाचनको लागि तर्जुमा गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्नुभएको छ।

आयोगले “संविधान, निर्वाचन आयोग ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन [कसुर तथा सजाय] ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, प्रदेशभा सदस्य ऐन र निर्वाचन आचारसंहिता, २०७९ भएका प्रावधानहरु इमान्दारीका साथ पालना गर्न गराउन हामी प्रतिबद्ध छौँ भन्ने व्यहोरा उल्लेख भएको प्रतिबद्धतापत्रमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा माओवादी केन्द्र का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

आयोगले  प्रधानमन्त्री, गृहमन्त्री र राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिलाई बोलाएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन आचारसंहिता पालनाका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ यही असोज २ र ३ गते उम्मेदवारको बन्दसूची पेश भइसकेको छ भने पहिलो हुने निर्वाचित हुनेतर्फ भने यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुने निर्वाचन कार्यक्रम रहेको छ ।

यसैवीच आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाबारे सुरक्षा निकायका प्रमुखबाट आज जानकारी लिएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तले एकीकृत राष्ट्रिय सुरक्षा योजनाबारे जानकारी लिनुभएको हो ।
आयोगको कार्यालयमा भएको सो बैठकमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले आफ्नो सङ्गठनले तयार गरेको निर्वाचन सुरक्षा कार्ययोजनाबारे आयोगलाई जानकारी दिइएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031