शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाभित्र चल्ने र बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गरिने

काठमाडौं असोज ९,

चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गर्ने भएको छ ।

सवारीसाधनको जाँचको क्रममा छतको छतमा यात्रालाइ निरुत्साहित गर्ने सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, चालकले मादक पदार्थ सेवन गरेर चलाएको छ छैन जाँच गर्ने र सवारीसाधनको अवस्था जाँच गरिने महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै दसैँका लागि सोमबार घटस्थापनादेखि धेरै सङ्ख्यामा यात्रु बाहिरिने र सरकारले यात्रुबाहक सवारीसाधन वाहिरिने र यस क्रममा हुन सक्ने दुर्घटनाको जोखिम लाइ दृष्टिगत गर्दै सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि नाकामा चेकजाँचका लागि प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने जनाएको छ ।

त्यस्तै यसवीचमा सवारी जाम र यात्रुको गुनासो सम्बोधनका लागि विभाग, व्यवसायी र ट्राफिक प्रहरी सम्मिलित यात्रु सहायकता कक्षको स्थापना गरिएको जनाउँदै यसको लागि १०० र १०३ मा पनि सम्पर्क गरेर गुनासो राख्न सकिने व्यवस्था गरेको जनाएको छ ।