मङ्लबार, बैशाख १८, २०८१

आयोगलाइ आसन्न निर्वाचनमा मौन अवधिको ४८ घण्टे समय घटाउन एमालेको सुझाव

 काठमाडौं भाद्र ६,
प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले निर्वाचन आयोगलाइ आसन्न् प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधिको ४८ घण्टे समय घटाउँदै २४ घण्टा बनाउन आग्रह गरेको छ । आयोगले निर्वाचन लक्षित हुँदै तयार पारेको निर्वाचन आचारसंहिता, २०७९ मा पार्टीको तर्फबाट ३७ वटा बुँदामा सुझाव दिँदै आयोगसमक्ष मौन अवधि घटाएर २४ घन्टा कायम गर्न आग्रह गरेको हो ।

त्यस्तै एमालेले आफ्नो सुझावमा निर्वाचन आचारसंहिता लागूू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने, निर्वाचनमा बालबालिकाको प्रयोगलाई निषेध गर्नुपर्ने सुझव संगै जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको जानकारी स्थानीय प्रशासनलाई गराउनुपर्ने व्यवस्था गर्नुपर्ने तर अनुुमति भन्ने शब्द हटाउनुपर्ने , मुख्य निर्वाचन अधिकृतलेआचारसंहिता अनुगमन समितिको संयोजक बनाइनुपर्ने र डिजिटल, अनलाइन, छापा, श्रव्यदृश्य सञ्चारमाध्यमको सूक्ष्म अनुुगमन गर्न विशेष एकाइ गठन गर्नुपर्ने लगायतका सुझाव दिएका छन ।