शनिबार, बैशाख १५, २०८१

प्रतिनिधिसभा सदस्य गिरीको निधनमा संघीय संसदको दुवै सदनबाट शोक प्रस्ताव पारित

काठमाडौं भाद्र ६,
प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । त्यस्त्ै बैठकमा गिरीको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरिएको थियो । यसैगरी राष्ट्रिय सभाको बैठकले पनि सांसद गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सिरहाको बस्तीपुरमा जन्मिनुभएका प्रतिनिधिसभा सदस्य गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा भाद्र ४ गते शनिबार राति ९ः३० बजे निधन भएको हो ।

गिरी नेपाली कांग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहाबाटै निर्वाचित हुनुभएको  थियो ।