बिहिबार, चैत्र १५, २०८०

३ बुँदे सहमति पछि निहारिकाले अनशन तोडिन

काठमाडौं भाद्र ६,
आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकारसंगको पछिल्लो ३ बुँदे सहमति पछि आमरण अनसन तोडेकी छिन ।

सरकारको तर्फबाट काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा ३ बुँदे सहमति भएसँगै राजपुतले विगत १७ दिनदेखि बसेको आमरण अनशन तोडेकी हुन् ।

राजपुत र सरकारवीच भएको सहमतिमा मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमतिसंगै डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको परप्त समाचारमा उल्लेख गरिएको छ।