शुक्रबार, बैशाख १४, २०८१

छ सय ५८ जनामा संक्रमण, १ को मृत्यु

काठमाडौं भाद्र ६,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा छ हजार छ सय ४३ जनामा गरिएको कोभिड परिक्षणको क्रममा छ सय ५८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्ते मन्त्रालयले जारी गरेको नियमित कोभिड बुलेटिनमा आज सक्रिय सङ्क्रमित मध्ये उपचार पछि कोभिड मुक्त हुँदै ४ सय ५६ जना डिस्चार्ज भएको जानकारीसंगै पछिल्लो समय मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार दुई सय ९६ रहेको जनाएको छ ।

साथै सङ्क्रमणबाट आज १ जनाको मृत्यु भएको र योसंगै संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार ९सय ९३ जना पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै उपत्यकाको दुइ जिल्ला काठमाडौं र भक्तपुरमा ५ सयभन्दा बढी सङ्क्रमित रहेको जानकारी दिदै पछिल्लो समय आइसियुमा ५० र भेन्टिलेटरमा १जनाको उपचार भइरहेको जनाएको छ ।