सोमवार, बैशाख २४, २०८१

निहारिकाको माग सम्बोधनको लागि २०७९/०३/०२ ०३ को सम्झौता कार्यान्वयन गर्न सञ्जालको माग

काठमाडौँ साउन २९,
मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालले न्यायका लागि लामो समयदेखि विभिन्न चरणको आन्दोलन गर्दै आउनुभएकी निहारिका राजपुतलाई न्याय दिलाउनुपर्ने माग गरेको छ ।

सञ्जालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निहारिकाल अघि सारेका माग अन्र्तगत निजको बच्चाको डिएनए. परीक्षण, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत अधिकार सुनिश्चित हुनुपर्ने, अदालतद्वारा छिटो न्याय प्रवाह गर्नुपर्ने जस्ता माग सम्बोधनका लागि नेपाल सरकार गृह मन्त्रालय र निहारीकाबीच मिति २०७९/०३/०२ गते भएको सम्झौता बमोजिमका माग अविलम्ब सम्बोधन गर्नुपर्नेमा माग गरेको हो ।

त्यस्तै विज्ञप्तिमा “आफ्नो बुबाआमाको पहिचान गर्न पाउनु बालबालिकाको जन्मसिद्ध अधिकार हो, यस्ता कानुनी व्यवस्थाको बाबजुद पनि एउटी महिलाले सामाजिक मूल्य मान्यताको आधारमा विभिन्न लाञ्छना भोग्नु मानव अधिकारको हनन् भएको जिकिर सहित त्यसैगरी विभिन्न परिस्थितिले गर्दा निज र निजको बच्चालाई पर्न गएको मनोसामाजिक असरलाई सम्बोधन गर्न सम्बन्धित पक्षको तत्काल ध्यानकर्षणको माग माग गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031