शुक्रबार, बैशाख १४, २०८१

मङ्सिर ३ मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने

 काठमाडौ साउन २९,
निर्वाचन आयोगले आसन्न सघ र प्रदेशसभाको निर्वाचनमा गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन अर्थात मङ्सिर ३ मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने स्पष्ट गरेको छ ।

आयोगले नितिगत निर्णय सहित कट अफ डेट निर्धारण गर्दै मतदाताले मतदानका लागि १८ वर्ष उमेर पुगेको हुनुपर्ने जनाउ सहित नामावलीमा दर्ता भएका व्यक्तिमध्ये मिति २०७९ मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने जनाएको हो ।

त्यस्तै मतदातानामावलीको अन्तिम मतदाता नामावलीमा नाम नभएका कुनै पनि उमेर समूहका व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने कानूनी व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमार्फत स्पष्ट गरेको छ ।