शनिबार, बैशाख ८, २०८१

बेलायत पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने राई पक्राउ

काठमाडौं साउन २९,

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयलेको टोलीले बेलायत पठाईदिन्छु भन्दै नगद १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका २९ सामाखुसी बस्ने ईलाम नगरपालिका १ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राईलाई आइतबार दिउँसो पक्राउ गरेको छ ।

प्रहरीका अनुसार राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिन्छु मासिक नगद४ लाख रुपैयाँसम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी उनीहरूबाट प्रतिव्यक्ति ३ लाख गरी जम्मा १५ लाख रुपैयाँ लिई ठगी गरी सम्पर्क बिहिन भएपछि आवश्यक अनुसन्धानसंगै उनलाई काठमाडौं काठमाडौ सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको जनाएको छ ।

साथै पक्राउ परेका राई उपर थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर चलान गरिएको प्रहरीले जनाएको छ।