मङ्लबार, बैशाख १८, २०८१

प्रदेश नं १ , बागमती  र लुम्बिनी प्रदेशका एकाध स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं साउन २८,
जल तथा मौसमविज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र बागमती प्रदेशका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै विभागले आगामी २४ घण्टा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना संगै उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाउँदै सर्तक रहन अनुरोध गरेको छ । साथै यसवीचमा नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनेको छ।

साथै मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकै कारण रातको समयमा देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र गण्डकी प्रदेशका थोरै र प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।