मङ्लबार, बैशाख १८, २०८१

आज सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक बस्दै

[फाइल फोटो]

 काठमाडौं साउन २६ ,
आज सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा आसन्न् संघ र प्रदेशसभा निर्वाचनको विषयमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी छलफल हुने बताइएकोछ ।

यसअघि बसेको गठबन्धनका शीर्षनेताको बैठकले पाँचै दलका नेताहरु क्रमस गगनकुमार थापा, कृष्णप्रसाद सिटौला ज्ञानेन्द्रबहादुर कार्की वर्षमान पुन र देव गुरुङ,प्रमेश हमाल बेदुराम भुसाल, रामसहायप्रसाद यादव र रकम चेम्जोङ हिमलाल पुरी र आनन्द शर्मा रहने गरि सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

त्यस्तै आजको गठबन्धनव कार्यदलको बैठकले चुनावी तालमेल अन्र्तगत सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्षनेताहरूलाई बुझाउने प्रारम्भिक सहमति गर्ने बताइएको छ ।