बिहिबार, बैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण पाँचको मृत्यु

 थप ८१५ जनामा कोभिड सङ्क्रमण

काठमाडौं साउन २६ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५ जनाको मृत्यु भएको र योसंगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ८२ पुगेको जनाएको छ ।

त्यस्तै मन्त्तालयले ४ हजार पाँच सय ३४ जनाको कोभिड नमूना परीक्षणको क्रममा २ हजार चार सय ११ जनाको पिसीआर र २ हजार १२३ जनाको एन्टिजेन परीक्षणको क्रममा थप ८१५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।साथै यसवीचमा ४७६ जना संक्रमित सङ्क्रमणमुक्त भएसंगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४ हजार दुई सय ९५ पुगेको जनाएको छ ।

त्यस्तै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार आठ सय ६९ रहेको जानकारीदिदै मन्त्रालयले यसमध्ये आइसीयूमा ६० र भेन्टिलेटरमा आठ जना सङ्क्रमितको उपचार भइरहेको जनाएको छ। साथै पछिल्लो समय देशभरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित पहिचान भएका भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका कारण आवश्यक सावधानी अपनाउँन समेत मन्त्रालयले आग्रह गरेको छ ।