शुक्रबार, बैशाख १४, २०८१

थप ८सय ६८ जनामा कोभिड सङ्क्रमण , ३ को मृत्यु

 काठमाडौं साउन २५ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले छ हजार ७०५ जनामा गरिएको कोभिड परीक्षणमध्ये पीसीआर परीक्षण तर्फ ४९६ र एन्टिजेन परीक्षणतर्फ ३७२ गरि उल्लेखित सख्यामा कोभिड संक्रमितको पहिचान भएको जानकारी दिएको हो ।

साथै मन्त्रालयले नेपालमा पछिल्लो समय कोभिड सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८८५ पुगेको जानकारीदिनुको अलावा यसवीचमा ४१४ जना संक्रमित संक्रमणमुक्त भएको जानाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट तीन जनाको मृत्यु भएसंगै मृतकको सख्या ११ हजार नौसय ७७ पुगेको मन्त्रालयले जनाएको छ भने सक्रियसंक्रमित मध्ये आइसियुमा ६४ र भेन्टिलेटरमा ७ जनाको उपचार भइरहेको जानकारी समेत मन्त्रालयले दिएको छ ।