शनिबार, बैशाख ८, २०८१

जुत्ता कारखानाको आगलागी नियन्त्रणमा , करोडौँको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौं साउन २५ ,
काठमाडौँ महानगरपालिका वाड न १६ बालाजु बाइपासस्थित अन वल्र्ड फुटवेयरमा आज बिहान भएको आग लागी करिव ३ घण्टाको अथक प्रयास पछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काठमाडौले जनाएके छ।

प्रहरीका अनुसार आगलागि नियन्त्रणमा लिन काठमाडौ महानगरपालिकाका दुई, ललितपुर महानगरपालिकाका दुई, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको एक र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको एक दमकलको प्रयोग गरिएको जानकारीदिदै श्रीराम पाण्डेले सञ्चाललक रहेको उक्त जुत्ता कारखानामा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान संगै आगलागीका कारण करोडौँको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।