मङ्लबार, बैशाख २५, २०८१

कोभिड संक्रमितको सख्या  बढेसंगै निःशुल्क उपचारका लागि तोकिए १७ अस्पताल

 काठमाडौं साउन १६,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय कोभिड संक्रमितको ग्राफ बढेसंगै मुलुकको सातवटै प्रदेशका १७ वटा अस्पतालबाट उपचारको व्यवस्था मिलाएको जानकारी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड मध्यम र गम्भीर अवस्थाको विरामीको पहिचान गरि उपचारका लागि १७ वटा अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिनु भएको हो ।

त्यस्तै डा अधिकारीले यसरी व्यवस्थापन गरिएको अस्पताल मध्ये प्रदेश नं १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्यस्तै मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पताल वीरगञ्ज रहेको जानकारी दिनभएको छ  ।

 यस्तै बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भरतपुर अस्पताल चितवन, वीर अस्पताल ,हिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमित उपचार हुने जनाएको छ। त्यस्तै गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङ रहेका छन् भने लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल रहेका जानकारीदिनुभएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031