आइतवार, बैशाख २३, २०८१

शंकाको उपज: दुई कलिला सन्तानसंगै श्रीमतीको हत्या पछि पाण्डेले गरे आत्माहत्या

काठमाडौं साउन १७,

गोरखा भीमसेन गाउँपालिका–६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेको घटनाको नेपाल प्रहरीले सुक्ष्म अध्ययन गर्नेक्रममा प्रहरीले १० पेज लामो सुसाइड नोट फेला पारेको छ । प्राप्त सुसाइड नोटमा दिनेशले यो घटनाको प्रमुख दोषी पत्नी सुनिता पाण्डेका माइतीलाई मानेका छन्। आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गर्दै आफूलाई सिद्याउन खोजेपछि यति गम्भीर कदम उठाउन बाध्य भएको उल्लेख गरेका छन्।

त्यस्तै यसवीचमा दम्पति वीच चुलिएको शंकाको उपज अनुरुप ४१ वर्षीय दिनेश र ३९ वर्षीया सुनिताबीचको सम्बन्ध हत्यामा रुपान्तरण भएको प्रहरीको ठहर रहेको छ।

लामो समयदेखि चलेको झगडाको परिणाम ४१ वर्षीय पति दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिकको पनि आइतवार राति ज्यान लिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा भेटिएको जनाउँदै प्रहरीले अनुसन्धानको क्रमम श्रीमती र उसका माइतीको दवावकै कारण श्रीमतीसंगै दुई कलिला सन्तानको ज्यान लिने निर्णयबारे पनि सुसाइड नोटमा उल्लेख गरेको जनाएको छ।