शुक्रबार, बैशाख १४, २०८१

थप ८९५ मा कोभिड  सङ्क्रमण, एकको मृत्यु

काठमाडौं साउन १६,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो वितेको २५ २४ घण्टामा देशभर ८ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै मन्त्रालयले यसवीचमा संक्रमणका कारण १ जनाको सङ्क्रमणका कारण मृत्यु भएको जानकारी दिएको छ।

मन्त्रालयले ३ हजार छ सय ८५ जनाको पिसिआर र २ हजार दुई सय २४ सय जनाको एन्टिजीन परीक्षण गर्दा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै यसवीचमा २६४ जना संक्रमित सङ्क्रमणमुक्त भएका जानकारीदिदै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार नौ सय ३४ रहेको जनाएको छ ।साथै आज पुष्टि भएको कोभिड संक्रमितको मृत्युसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६८ पुगेको जनाएको छ। त्यस्तै गरि आइसियू ३६ जना संक्रमित र भेन्टिलेटरमा ५ जनाको उपचार भइरहेको जानकारी मन्त्रालयले दिएको छ।