मङ्लबार, बैशाख २५, २०८१

प्रतिनिधिसभा बैठक :औषधी ऐन संशोधन सहित दुइ विधेयक पारित , गभर्नर प्रकरणको छानबिन गर्न माग

काठमाडौ असार २९,
प्रतिनिधिसभाको आज बसेको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएका औषधी ऐन संशोधन विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनसम्बन्धी दुई विधेयकलाई पारित गरेको छ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवनीप्रसाद खापुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

यसअघि विधेयकका सवालमा उठेको प्रश्नको जवाफ दिनुहुँदै स्वास्थ्य मन्त्री खापुङले विधेयकलाई संविधानले दिएको समयसीमाभित्र रही दुवै विधेयक सदनबाट पारित र राष्ट्रपतिबाट प्रमाणित गर्नुपर्ने भएकाले विधेयकका सम्बन्धमा पेस भएका संशोधन प्रस्ताव फिर्ता लिन अनुरोध गर्नुभएको थियो ।

त्यस्तै आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गर्नुभएको छ।
बैठकमा उहाँले मुलुकको प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको भन्दै कडा टिप्पणी सहित यस्तो माग गर्नुभएको हो ।

स्मरण रहोस , एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी अर्थात महाप्रसाद अधिकारी(खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते दिउँसो ३ बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930