बुधबार, बैशाख १९, २०८१

कानून मन्त्री कोइराला सहित १३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौ असार २९,
सर्वोच्च अदालतमा आज कामु प्रधानन्यायाधीश दीपककुमार काकीको अध्यक्षतामा बसेको पूर्ण बैठकले १३३ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको छ । सर्वोच्चले नेपाल कानून व्यवसायी ऐन, २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो ।

बैठकले वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय सूचीमा अधिवक्ता प्रमाणपत्र नम्बर १५८२ देखि २०५१ साल प्रमाणपत्र नम्बर ५२०७ सम्मका कानून व्यवसायीहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको र यस सूचीमा नेपाल सरकारका कानून न्याय तथा सङ्घीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला संगै कानून, न्याय तथा संसदीय मामिलाका सभापित कृष्णभक्त पोखरेल, नेपाल बार एसोसिएनका पूर्व महासचिव सुनिलकुमार पोखरेल लगायतका १३३ कानुन व्यवसायी रहेको सर्वोच्चले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930