सोमवार, बैशाख २४, २०८१

पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सर्तक रहन विभागको आग्रह

 काठमाडौँ असार १९,
जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको बढ्दो प्रभावसंगै आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना औल्याएकोछ । असरले देशभर आंशिकदेखि बदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

त्यस्तै विभागले बागमती र गण्डकी प्रदेशका एकाध स्थानमा भारी वर्षाको सम्भावना संगै पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने जनाउँदै यसवीचमा सिर्जना हुन सक्ने क्षतिप्रति सचेत हुन सबैमा अनुरोध समेत गरेको छ ।

साथै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930