शनिबार, बैशाख ८, २०८१

विभागको विस्तारित अनलाइन सेवालाइ थप विस्तारित गर्दै अगाडि बढाउनुपर्नेमा मन्त्री कार्कीको जोड

काठमाडौ असार १९,
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज एक कार्यक्रमकावीच सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने अनलाइनको सेवाका आज उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा वोल्दै सरकार प्रवक्ता समेत रहेको मन्त्री कार्कीले पछिल्लो समय आइटी क्षेत्रको विकाससंगै विश्वनै ग्लोबल भिलेजको रुपमा परिणत भएको बताउँदै नेपालमा पनि विस्तारित आइटी क्षेत्र मुलत मुलुकको समृद्धिसँग जोडिएको बताउँनुभयो ।

त्यस्तै उहाँले विभागको तर्फबाट प्रयोगमा ल्याइएको अनलाइन सेवाबाट अधिकतम लाभ दिन सम्वद्ध सवैमा आग्रह गर्दै देशलाई समृद्ध बनाउने सरकारको लक्ष्य अनुरुप विद्यमान सेवालाइ भविष्यमा थप विस्तारित गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममात्यस्तै कार्यक्रममा सञ्चार सचिव डा बैकुण्ठ अर्याल न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्का र नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी लगायतले डिजिटल सेवाको विस्तार आफैमा सकारात्मक भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा विभागका महानिर्देशक गोगनबहादुर हमालले विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र, परिचयपत्र जारी तथा नवीकरण, अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण, पत्रपत्रिका तथा पत्रकारको अभिलेख व्यवस्थापन, सार्वजनिक सूचना व्यवस्थापन र वितरण, प्रेस रजिष्ट्रारको कार्य जिम्मेवारी सम्पादन, सरकारी कार्यक्रमको औपचारिक फोटोग्राफी, सङ्ग्रह र वितरण तथा सूचनामूलक र ज्ञानवद्र्धक सामग्री प्रकाशन वितरणलगायतका कार्य गर्दै आएको जानकारीदिनुभयो ।

फोटो:  सूचना विभाग