मङ्लबार, बैशाख १८, २०८१

प्रधानमन्त्री देउवालाइ राप्रपाको २२ बुँदे ज्ञापनपत्र

काठमाडौं असार १,

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले २२ बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएको हो।

संविधान जारी भएपछि देशमा शान्ति र स्थायित्व कायम हुने, प्रजातन्त्र सुदृढ हुने, राष्ट्रियता वलियो हुने तथा मुलुकको समग्र ध्यान आर्थिक विकास र सम्वृद्घितर्फ केन्द्रित हुने आम जनताको विश्वास विपरित पछिल्लो समय राष्ट्रिय अखण्डता, स्वाधीनता, सनातन धर्म, अर्थतन्त्र एवं प्रजातन्त्रमाथि पनि गम्भीर चुनौति खडा भएको छ । यस अवस्थामा विगतको त्रुटिपूर्ण मार्गचित्र, नीति र अवधारणाहरुको कार्यान्वयनवारे राष्ट्रिय स्तरमा समीक्षा, बहस र पुनर्विचार हुन नितान्त आवश्यक भएको जिकिर गरिएको छ ।

त्यस्तै राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदुढीकरण, सुशासन र सम्वृद्घिको निमित्त राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिवद्ध रहेको उल्लेख गर्दै प्रस्तुत मागहरु पुरा गर्न प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौं भनिएको छ।

साथै राप्रपाले प्रम देउवालाइ बुझाएको ज्ञापनपत्रमा मुलत राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र सम्वृद्धिका लागि देशमा वर्तमान अवस्थामा बढ्दो महँगी नियन्त्रण, किसानलाई समयमा मल, बिऊ उपलब्ध गराइनुपर्ने, कालोबजारी नियन्त्रण, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा भइरहेको श्रृङ्खलाबद्ध मुल्यवृद्धि अविलम्ब रोक्नुपर्ने, भ्रष्टाचार नियन्त्रणमा प्रभाकारी कदम चाल्नुपर्ने, नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा, स्वास्थ्य निःशुल्क उपलब्ध गराइनुपर्ने, इम्वोस्ड नम्बर प्लेटमा देवनागरी लिपीको व्यवस्था हुनुपर्ने, भूमिहीन तथा घरबारबिहीन सुकुम्बासी समस्याको स्थायी समाधान गर्नुपर्ने विषय उल्लेख  गरिएको छ।

 यस्तो छ राप्रपाले प्रधानमन्त्री देउवालाइ बुझाको नियुक्ति २२ बुँदे ज्ञापनपत्र  :
१) हरेक वर्ष मलको अभाब हुने गरेको र यस वर्ष अहिलेसम्म पनि किसानले मल नपाएकाले किसानलाई तत्काल मल, विउ उपलव्ध गराइयोस् र समयमा मल आपूर्ति व्यवस्था गर्न नसक्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गरियोस् ।
२) महागी तथा कालोबजारी नियन्त्रण गरियोस् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भईरहेको श्रृंखलावद्घ मुल्यवृद्घि अविलम्व रोकियोस् ।
३) भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् । २०४७ साल यताका उच्च पदस्थ व्यतिmहरुको सम्पत्ति छानविन गरियोस् । राज्यकोषवाट संचालित सवै निकाय र मन्त्रिपरिषदवाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गरियोस् ।
४) राजसंस्थासहित सवै राजनीतिक शतिmहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरी अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरियोस् ।
५) केन्द्र र स्थानीय दुई तहको बलियो सरकार कायम राखी देशलाई आर्थिक रुपमा जर्जर अवस्थामा पुर्‍याउने प्रादेशिक तह खारेज गरियोस् ।
६) मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराइयोस् ।
७) संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गरियोस् ।
८) आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष, धााधलीरहित र विश्वसनीय वनाउनका लागि निश्पक्ष चुनावी सरकार गठन गरियोस् ।
९) नेपालले अवलम्बन गर्दै आएको असंलग्न परर।ष्ट्र नीति प्रतिकूल हुने कुनै पनि सम्झौता नगरियोस् ।
१०) इम्वोस्ड नंम्वर प्लेटसाग भाषाको कुरा, सुरक्षाको कुरा, लागतको कुरा, कमिशन र भ्रष्टाचारको कुरा समेत जोडिएकोले यसको खारेज गरियोस । गर्नैपर्ने भए देवनागरी लिपिमा नम्वर प्लेट राख्ने व्यवस्था गरियोस् ।
११) नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य नि:शुल्क गरियोस् । वर्षेनी पाठ्यपुस्तकको अभाव हुने समस्या तत्काल समाधान गरी समयमै विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था सुनिश्चित गरियोस् ।
१२) भूमिहीन तथा घरवारविहीन सुकुम्बासी समस्याको स्थायी समाधान गरियोस् ।
१३) बेरोजगारी समस्याको दीर्घकालीन समाधान गरियोस् । यस क्रममा: कम्तिमा देहायका कार्ययोजना कार्यान्वयन गरियोस्:
क) वर्षमा कम्तिमा पााच लाख रोजगारी श्रृजना गर्ने गरी दीर्घकालीन आर्थिक विकास योजना सञ्चालन गरियोस् ।
ख) कम्तिमा एक परिवार एक रोजगार कार्यक्रम कार्यान्वयन गरियोस् ।
ग) रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म वेरोजगार भत्ता उपलव्ध गराईयोस् ।
१४) कहाली लाग्दो व्यापार घाटा नियन्त्रण गर्दै व्यापार सन्तुलन कायम गरियोस् । आयातमुखी अर्थतन्त्रमा सुधार गरी राष्ट्रिय उत्पादन र आय वृद्धिका कार्यक्रम तत्काल सञ्चालन गरियोस् ।
१५) राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती पौष २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरी उक्त दिन सार्वजनिक विदा दिइयोस् ।
१६) देशभरी रहेका ऐतिहासिक व्यतिmहरुका भत्काइएका शालिकहरुको पुनर्निर्माण तथा संरक्षण गरियोस् ।
१७) प्रशासन, न्यायलय, शैक्षिक संस्था, कुटनीतिक नियोग, संवैधानिक अङ्गजस्ता निकायहरुलाई राजनीतिक हस्तक्षेप र प्रभाववाट मुतm राख्न तथा पार्टीगत आधारमा भागबण्डा, नियुक्ति , सरुवा बढुवा गर्ने कार्यको अन्त्य गरियोस् ।
१८) अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता लिन कुटनीतिक पहल गरियोस् ।
१९) महिला, वालवालिका तथा दलित समुदायविरुद्घ हुने सवै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सशतm कदम
चालियोस् ।
२०) विदेशमा रहेका नेपाली नागरिकहरुले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गरियोस् ।
२१) स्थानीय तहमा लगाएका अव्यावहारिक करहरु तथा तीन तहका सरकारवाट लगाइएका दोहोरो कर तत्काल खारेज गरियोस् ।
२२) वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गरियोस् ।

राजेन्द्र लिङ्देन
अध्यक्ष
मिति : २०७९।०३।०१
काठमाडौं असार १,