शनिबार, बैशाख १५, २०८१

राष्ट्रिय सहमति बिना कुनै पनि किसिमको सम्झौता वा सहमति हुँदैन :  प्रम देउवा

काठमाडौं असार १,
पछिल्लो समय मुलुकको राजनैतिक वृतमा स्टेट पार्टनरशिप प्रोग्रामको चर्चा चुलिदै गर्दाका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि किसिमको सम्झौता नहुने बताउनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज भएको सत्ता गठबन्धन दलका शीर्ष नेतृत्ववीचको छलफलमा देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भने पनि आफूले त्यस्तो दवाव नमान्ने आफ्नो अडान स्पष्ट रहेको बताउनुभयो ।

शीर्ष नेतृत्वको छलफल पछि जसपाका नेता उपेन्द्र यादवले संयुक्त राज्य अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरशिप प्रोग्रामको विषयमा त्यस्तो कुनै सम्झौता नहुने प्रतिबद्धता जनाउनु भएको जनाउ दिनुभयो ।

त्यस्तै काँग्रेस सभापति एवम् प्रम देउवा संग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्षनेताहरुबीच भएको विशेष छलफलमा प्रतिनिधि सभामा जारी बजेटसम्बन्धी छलफल तथा बजेट पारित गर्ने लगायतका विषयमा समेत संवाद  थाहा भएको छ ।