शुक्रबार, चैत्र १६, २०८०

एसपीपी सम्झौता :सदन देखि सडक सम्म बहससंगै विवादको नयाँ श्रृखलाको  सूत्रपात

नेपाल र अमेरिकाबीच सैन्य सम्झौता नभएको नेपालस्थित अमेरिकी दूतावासको प्रष्टोक्ति

काठमाडौं असार १,
अमेरिकी सेना र नेपाली सेनाबीच सहकार्य गर्ने लक्ष्य सहित चर्चामा आएको अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम अर्थात ९एसपीपी० सम्बन्धी सम्झौताले पछिल्लो समय मुलुकको सदन देखि सडक सम्म नयाँ बहससंगै विवादको नयाँ अध्यायको सूत्रपात गरेको छ।

प्रस्तावित १० बुँदे उक्त एसपीपी सम्झौतामा किमार्थ हस्ताक्षर नहुने प्रम देउवाले गठबन्धन दलको बैठकमा जनाउ दिए पनि यदि यो सम्झौता भएमा अमेरिकी सेना निर्वाद रुपमा नेपाल प्रवेश गर्नुको अलावा अमेरिकी सेना नेपालको जुनसुकै ठाउँमा नेपाली सेनाको सहयोगमा आफ्नो क्याम्प बनाएर अनिश्चितकालीन समयका लागि रहन सक्ने प्रावधान समेटिएको छ ।

त्यस्तै एसपीपी सम्झौताको विषयलाइ लिएर आज बसेको संसद बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले एसपीपीबारे संसदमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सांसद थापाले भनेका छन्, नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी चाहे त्यो छिमेकी देशसँग होस् चाहे त्यो शक्ति राष्ट्रसँग होस् चाहे मित्रराष्ट्रसँग होस् नेपाल त्यसमा सहभागी हुन सक्दैन । हुन पाउँदैन । हुन दिइन्न भन्दे यस विषयमा प्रधानमन्त्री देउवाले आजै संसद बैठकमा जवाफ दिन समेत आग्रह गनु{भएको छ।

त्यस्तै परराष्ट्रमन्त्री खड्काले अमेरिकी जर्नेलको नेपाल भ्रमणसंगै चचर्ममा आएको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपी प्रस्ताव सम्बन्धमा मन्त्री नारायण खड्काले सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने बताउनुभएको छ। यस्तै नेकपा एमालेका सांसद एवं पूर्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र अमेरिकाबीच एसपीपी सम्झौतालाई लिएर नेपाली समाजमा नयाँ किसिमको त्रास बडेको भन्दै नेपालको राष्ट्रिय हित विपरित कुनै पनि सम्झौता मान्य नहुँने बताउनुभएको छ ।

स्मरण रहोस प्रस्तुत सम्झौता लक्षित हुँदै प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तो दिइएको बुझिएको छ। साथै प्रधानमन्त्री देउवाको भ्रमणअघि प्रधानसेनापति प्रभुराम शर्मा पनि असार १३ देखि १७ गतेसम्म अमेरिका भ्रमणमा जाँदै गरेको थाहा भएको छ।

यसैवीच नेपालस्थित अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता नभएको प्रष्टाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जनाउ दिएको हो ।

त्यस्तै स्टेट पार्टनरसिप प्रोग्राम [एसपीपी] अमेरिकी राज्यको नेसनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम चएको भन्दै २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश भएको जनाएको छन् ।