मङ्लबार, बैशाख १८, २०८१

यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सहित आठ अध्यादेश स्वीकृत

यौन हिंसाको घटना हदम्यादको विषयमा पुनर्विचार गर्न गगनको आग्रह, छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौं जेठ ६ ,
प्रतिनिधि सभाको आज बसेको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृति गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले बैठकमा “नेपाल प्रहरी र प्रदेश प्रहरी [कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय] [पहिलो संशोधन] अध्यादेश, २०७८, “सामाजिक सुरक्षा [पहिलो संशोधन]अध्यादेश, २०७८” र “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ [नियमन]अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् ” भनी प्रस्तुत गर्नुभएको प्रस्तु अध्यादेश प्रस्ताव स्वीकृत गरेको हो ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाका तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले “औषधी [तेस्रो संशोधन]अध्यादेश, २०७९” र “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी [पहिलो संशोधन] अध्यादेश, २०७९” एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले “रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा [कोइराला]का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” र “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १० गते बस्नेछ ।

यसैवीच आजको बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले यो विषयमा सरकारको कुनै धारणा बाहिर नआएको र सामाजिक संजालमा ब्याप्त भई आक्रान्त पारिरहेको विषयमा चुप लागेर बस्न नहुने भन्दै तत्कालै अभियोगीलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका हो ।

संसद बैठकमा वोल्दै सासंद थापाले संसदबाट बनाएको बलात्कारसम्बन्धी कानून फौजदारी संहिताको खासगरी हदम्याद सम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्नका लागि सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक अनुरोध गर्न चाहन्छु भन्दै यस्तो आग्रह गरको हो ।

सासंद थापाको सम्बोधन लगत्त्र सभामुख सापकोटाले माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा सिघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा सिघ्र ल्याउन नेपाल सरकारलाई निर्देश दिनुभएको हो ।

स्मरण रहोस गत बुधबार आठ वर्षअघि सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी हुने क्रममा एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।

घटना विवरण अनुसार ती यसवतीले आफुलाइ आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको घटनाको भिडियोमार्फत खुलासा गर्दै भएको घटनाको विस्तृत जानकारी सावैजनिक गरेपछि पछिल्लो समय सामाजीक सञ्जाल जुरुक्कै उठेको अवस्था छ ।