काठमाडौं जेठ ६ ,
काठमाडौं महानगर को वडा न २९ मा नेपाली कांग्रेसका उम्मेदवार कुश ढकाल नेतृत्वको प्यानलै निर्वाचित भएको छ। निर्वाचित उम्मेदवार ढकालले १ हजार ९२१ मत प्राप्त गर्दैगर्दा निकटम प्रतिस्प्रर्धी एमालेका उम्मेदवार शिवराम राजवंशीले १ हजार ८७१ मत प्राप्त गर्नुभएको हो ।
त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ र सन्तोष ढुङ्गेल, महिला सदस्यतर्फ कांग्रेसको रेनु श्रेष्ठ र दलित महिला सदस्यमा सङ्गीता पुजारी निर्वाचित भएको छ ।
त्यस्तै काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले हाल कामपा वडा नं १, २, ३ ,४ ५, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको जानकारीदिदै अवको चरणमा वडा नं ६, ७, ८, ९, १०, २५, २६, र ३१ को मत गणना कार्य जारी रहेको जानकारी दिनु भएको छ ।