मङ्लबार, बैशाख १८, २०८१

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्ट सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 

काठमाडौं बैशाख ८,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेकैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार मुद्दा दायर गरिएका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी, इन्जिनियर पूर्ण कुँवर, सबइन्जिनियर ज्ञानेन्द्र बुढा, सब इन्जिनियरनरेन्द्र शाही, ल्याव टेक्निसियन धनबहादुर विष्ट, निर्माण व्यवसायी गणेश विष्ट रहेको जनाएको  छ।

त्यस्तै आयोगले  निजहरुले विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधी, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राबिधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्यमा सहमति जनाई आर्थिक चलखेल गरेको आयोगले जनाएको छ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध परेको उजुरीको अनुसन्धानको क्रममा कैफियत भेटिएसंगै अख्यितारले उनिहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यस्तै आयोगले आज जारी विज्ञप्तिमा इन्जिनियर र सबइन्जिनियरले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिने जस्तो बदनियत कार्य गरेको जनाएको छ।