बिहिबार, बैशाख १३, २०८१

चन्द्रागिरिले पर्यटन क्षेत्रको प्रचुर सम्भावना वोकेको छ : नगर प्रमुख गिरि

काठमाडौं बैशाख ८,

चन्द्रागिरिमा औद्योगिक सम्भावना’ विषयक कार्यक्रमलाइ सम्बोधन गर्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरी नगरपालिकामा उद्योग, तथा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमख गिरिले उपत्यकाको प्रमुख प्रवेशद्धारको रुपमा रहेको चन्द्रागिरिमा भौतिक पूर्वाधारको विकासलाइ नगरपालिकाले उच्च प्राथमिकरण गरेको अवको चरणमा रोजगारलाई जोड्ने गरी नगरपालिकाले काम गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष आशा सिंह राठौर नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मनमाया गिरी ,जिपी कोइराला लेवर फाउण्डेशनकी कार्यवाहक अध्यक्ष सुधा दाहाल , नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर खड्कालगायतले वोल्नभएको थियो ।