बिहिबार, चैत्र १५, २०८०

कांग्रेसद्वारा स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन

काठमाडौं बैशाख ८,
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन उपसमिति संगै थप अन्य विभिन्न उपसमिति गठन छ ।

गठित उपसमितमा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति, सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमिति प्रदीप पौडेलको संयोजक्तवमा अनुगमन, मूल्याकङ्न तथा सुपरीवेक्षण उपसमिति गठन गरेको हो ।

त्यस्तै मदनबहादुर अमात्यको संयोजक्तवमा शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति , उदयशमशेर राणाकोसंयोजक्तवमा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति , जीतजङ्ग बस्नेतको संयोजक्तवमा जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति र रामहरि खतिवडालाई निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ।