बुधबार, बैशाख २६, २०८१

निर्वाचनको प्रचारप्रसारका लागि तल्लो तहसम्म प्रचार समिति गठन गर्न काँग्रेसको निर्देशन

काठमाडौं चैत २२ ,

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको आज बसेको बैठकले आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश तहदेखि टोल एकाइ समिति स्थानीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्न भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ ।

समितिका संयोजक एवं पार्टी प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा आज बसेको बैठकले प्रचारप्रसारको कार्य विवादरहित र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णयसंगै केन्द्रीय प्रचारप्रसार समितिले गरिएका सूचना, प्रचार सामाग्रीलाई पार्टीका सबै संयन्त्र, सदस्य र शुभचिन्तकमार्फत मतदातासमक्ष पु-याउने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकले पार्टीको प्रचारप्रसार समितिलाई परामर्श दिन वरिष्ठ पत्रकार हरिहर वीरहीको संयोजक्तवमा प्रचारप्रसार सल्लाहकार समिति , विष्णु निष्ठुरीको संयोजक्तवमा अनलाइन मिडिया समन्वयन तथा प्रचारप्रसार समिति, किरण पोखरेलको संयोजक्तवमा छापा माध्यम समन्वय तथा प्रचारप्रसार समिति, अनिता विन्दुको संयोजक्त्वमा टेलिभिजन समन्वय तथा प्रचारप्रसार समिति र गोपाल झाको संयोजक्तवमा रेडियो एफएम समन्वय तथा प्रचारप्रसार समिति गरिएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै विज्ञप्तिमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको सदस्यमा सुजाता परियार र त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी सङ्घलाई मनोनयन गरिएको जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031