शुक्रबार, चैत्र १६, २०८०

चुनावी गठबन्धनका तयारीका लागि कांग्रेस नेता पौडेलको नेतृत्वमा समिति गठन

काठमाडौं चैत २२,
सत्ता गठबन्धन दलको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनको तयारी र अनुगमनका लागि एक अलग समिति गठन गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको बैठकले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठबन्धनमा आवद्ध दलका प्रतिनिधि सदस्य रहने गरि निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो ।

गठित समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य हुनुहुन्छ भने माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, नेकपा एसबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन ।
त्यस्तै नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल तथा जसपा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरू उपस्थित आजको गठबन्धन दलको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो तीनदिने भारत भ्रमणको जानकारी पनि गराउनु भएको थियो ।